Tuesday, September 21, 2010

कोष तथा बजेट खर्चको व्यवस्थापन ः

राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कायक्रमलाई सुचारु रुपले सञ्चालन गर्न गराउन जि.(ज.)स्वा.का.ले त्यस प्रा.स्वा.के.मा सेवा लिएका विरामीको अनुपातमा देहाय अनुसार रकम अनुदानको रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
यसको लागि बहिरँग सेवा (इएम्) बाट स्वास्थ्य सेवा लिएका प्रति नयाँ विरामी ९ःयचदष्मष्तथ० को रु. १०।– का दरले र २४ घण्टा आकस्मिक सेवा सञ्चालन भएका प्रा.स्वा.के.हरुको लागि भने प्रति विरामीको रु. १५।— का दरले अनुदान रकम त्यस प्रा.स्वा.के.को व्यवस्थापन समितिलाई उपलब्ध गराउनेछ । प्रारम्भमा यो रकम पहिलो चौमासिकको लागि गत आ.व.को जम्मा विरामीको सँख्याको आधारमा एक तिहाई सँख्यालाई आधार मानिनेछ र चालु आ.व.को दोस्रो र तेस्रो चौमासिकको लागि ती अवधीमा आएका विरामीको सँख्याको प्रतिवेदनको आधारमा अनुदान रकम उपलब्ध गराइनेछ ।
यस कोषमा प्राप्त हुने रकमको हिसाव–किताब दुरुस्त राख्नु पर्नेछ र आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ साथै सार्वजनिक लेखापरीक्षण गर्ने व्यवस्था समेत मिलाउनु पर्नेछ । यस प्रकारको रकम प्रा.स्वा.के. व्यवस्थापन समितीको निर्णयानुसार स्वास्थ्य सेवा सर्वसुलभ गर्न, सूचिकृत सेवाका लागि आवश्यक औषधी उपकरण खरिद गर्न, कर्मचारी प्रोत्साहन, निःशुल्क उपचार गर्दा स्वास्थ्य संस्थाको आम्दानी घट्न गई कर्मचारीले खाईपाई आएको सुविधा वितरण गर्न, इन्धन खर्च, स्टेशनरी, छपाई जस्ता कार्यालय सञ्चालन खर्च, विरामी पूर्जा, आकस्मिक रजिष्टर, नागरिक वडापत्र, लेखापरीक्षण शुल्क, अनुमगन एवं व्यवस्थापन खर्चमा प्रयोग गर्न सकिनेछ ।

No comments: