Saturday, September 18, 2010

अभिलेख तथा प्रतिवेदन

 राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत प्रदान गरिने सबै प्रकारका सेवाहरुको अभिलेख तथा प्रतिवेदन विद्यमान एकीकृत स्वास्थ्य सूचना प्रणालीमा समावेस गर्नुपर्छ जसको वारेमा संक्षेपमा देहायमा उल्लेख गरिएको छ । साथै यस कार्यक्रमको लागि तोकिएको लक्षित वर्ग मध्ये प्रत्येक समूहलाई दिइएको संकेत नम्बर पनि अभिलेख तथा प्रतिवेदनमा उल्लेख गरेको हुनुपर्छ । यसो गरेमा हरेक समूहले कुन कुन सेवा उपभोग गरेका रहेछन भनी समिक्षा तथा मूल्याँकन गर्न सजिलो हुन्छ । तर जनस्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु सबै निःशुल्क नै हुने भएकोले ती सेवाहरुको वारेमा अभिलेख राख्दा र प्रतिवेदन तयार गर्दा हाल लक्षित वर्गका समूहको संकेत नम्बर उल्लेख गरीरहनु पर्दैन, मन्त्रालय विभागको परिपत्र, निर्देशन अनुसार हुने छ । अभिलेख तथा प्रतिवेदनको सन्दर्भमा सबैभन्दा पहिले मूलदर्ता रजिष्टरमा नाम दर्ता गर्नुपर्छ । त्यसैगरी विरामी दर्ता रजिष्टर, सेवा रजिष्टर लगायत अन्य रजिष्टर, कार्डमा पनि अभिलेख राख्नुपर्छ । आकस्मिक सेवा लिन आउने विरामीको सन्दर्भमा अभिलेख राख्दा HMIS No 38 र HSIS No 6.5 मा फोटो अभिलेख राखेको हुनुपर्छ । बाह्य सेवा रजिष्टरमा अभिलेख राख्दा उपचार महलमा औषधीको नाम, मात्रा र वितरण गरिएको जम्मा मात्रा उल्लेख गर्नुपर्छ । यस कार्यक्रमका सेवाहरुको वारेमा अभिलेख राख्न र प्रतिवेदन गर्न सकिने गरी एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा रहेका रजिष्टर, फारम आदिमा समायोजन गर्दै लगिएको छ । दैनिक तथा मासिक प्रतिवेदन फारमको ढाँचा देहायमा दिइएको छ ।

No comments: