राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत प्रा.स्वा.के.बाट प्रदान गरिने सबै प्रकारका सेवाहरुको अभिलेख तथा प्रतिवेदन विद्यमान एकीकृत स्वास्थ्य सूचना प्रणालीमा समावेस गर्नुपर्छ जसको वारेमा संक्षेपमा देहायमा उल्लेख गरिएको छ ।
अभिलेख तथा प्रतिवेदनको सन्दर्भमा सबैभन्दा पहिले मूलदर्ता रजिष्टरमा नाम दर्ता गर्ने, त्यसपछि विरामी दर्ता रजिष्टर, सेवा रजिष्टर लगायत अन्य रजिष्टर, कार्डमा पनि अभिलेख राख्नुपर्छ । आकस्मिक सेवा लिन आउने विरामीको सन्दर्भमा अभिलेख राख्दा ज्ःक्ष्क् ल्य घड र ज्क्क्ष्क् ल्य ट।छ मा अभिलेख राखेको हुनुपर्छ । बाह्य सेवा रजिष्टरमा अभिलेख राख्दा उपचार महलमा औषधीको नाम, मात्रा र वितरण गरिएको जम्मा मात्रा उल्लेख गर्नुपर्छ । यस कार्यक्रमका सेवाहरुको वारेमा अभिलेख राख्न र प्रतिवेदन गर्न सकिने गरी एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा रहेका रजिष्टर, फारम आदिमा समायोजन गर्दै लगिएको छ । दैनिक तथा मासिक प्रतिवेदन फारमको ढाँचा देहायमा दिइएको छ ।
No comments:
Post a Comment