This page is created for get support to improve declining condition of Kapilvastu district Hospital and provide information about the Hospital which is crucial for every citizen.This mission is started by Youths of Taulihawa with OASIS International NGO and Friends Club,KSSC of Kapilvastu with support of Actionaid District Team -Kapilvastu and many young people,Civil society,networks,NGOs.Our aim is to improve declining trust of citizen on the Hospital and Govt.agencies at large.
Saturday, September 18, 2010
औषधी, औजार–उपकरणको खरिद तथा आपूर्ति व्यवस्था ः
जिल्ला (जन) स्वास्थ्य कार्यालय वा अस्पतालमा औषधी एवं औजार उपकरणको लागि उपलब्ध गराएको बजेटबाट अत्यावश्यकीय औषधी खरिद तथा आपूर्तिगरी लक्षित बर्गलाई अत्यावश्यक औषधी र आमनागरिकलाई सूचिकृत औषधीहरु निरन्तर रुपले निःशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाउनु पर्छ । यसरी औषधी वितरण गर्दा अपुग हुन गएमा अस्पताल आफैले वा जि.(ज.)स्वा.का.मार्फत स्वास्थ्य सेवा विभागमा नियमानुसार थप औषधी वा बजेट माग गर्नुपर्ने छ । यदि आफ्नै श्रोतबाट औषधी खरिद गर्ने भएमा आर्थिक ऐन नियमको परिधिभित्र रहरे अत्यावश्यक सूचिकृत औषधीहरु निरन्तर उपलब्ध गराउन सकिने गरी खरिद गर्नुपर्छ । औषधिको योजना तर्जुमा गर्ने, माग गर्ने, आपूर्तिको व्यवस्थाको लागि सिफारिस गर्ने जस्ता कामको लागि अस्पताल स्तरमा गठित राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा योजना तथा सिफारिस कार्यदल जवाफदेही हुनेछ र यसको मूख्य जिम्मेवारी अस्पताल प्रमुखले लिनु पर्नेछ । निःशुल्क रुपमा वितरण गरिने अत्यावश्यकीय औषधीहरुको आम्दानी र खर्चको अभिलेख राख्न देहायका फारमहरु प्रयोग गर्न उपयुक्त मानिएको छ । औषधी खरिद तथा आपूर्तिको लागि प्राप्त रकमको आम्दानी र खर्चको विरण राख्ने फारम दिइएको छ । यी फारमहरुको प्रयोगबाट औषधीको मौज्दात र खर्चको स्थिति थाहा पाउन सकिन्छ र रकमको विरणले गर्दा औषधीहरु कमी हुनासाथ पुन ः आपूर्ति गर्ने तर्फ आवश्यक कारवाही गर्न पनि सजिलो हुन्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment