Wednesday, September 22, 2010

अनुगमन उप समितिको भूमिका ः

राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले निर्देशित क्रियाकलापहरु कार्यान्वयन गर्ने ।
सूचिकृत अत्यावश्यक औषधी तथा स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता गर्ने ।
अत्यावश्यकीय औषधीको माग, आपूर्ति, आम्दानी तथा खर्चको सुनिश्चितता गराउने ।
तोकिए बमोजिमको अनुदान रकमको माग, आम्दानी र खर्चको अनुगमन गर्ने ।
कार्यक्रमको अनुगमन, समीक्षा तथा मूल्यांकन गराउने ।
थप सेवा सुविधाको सम्बन्धमा आवश्यक निर्णय लिने ।
सार्वजनिक लेखा परीक्षण गराउने ।
समितिको बैठक नियमित गर्ने ।
(नोट ः यस समितिमा सामाजिक संघ—संस्था, पेशागत संघ—संगठन, नागरिक समाजका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा समावेस गर्नुपर्नेछ साथै अपाङ्ग, ज्येष्ठ नागरिक, पिछडिएको जाती जनजाती, दलित वर्गका प्रतिनिधिहरु पनि आमन्त्रित सदस्यका रुपमा समावेस हुनेछन् ।)

No comments: