Monday, September 20, 2010

प्राथमिक स्वास्थ्य केन्द्र

२.२.१ परिचय ः
नेपाल सरकार, स्वास्थ्य तथा जनसँख्या मन्त्रालय अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्रलाई बुझाउनेछ ।

२.२.२ दर्ता शुल्क ः
हालसम्म प्रा.स्वा.के.मा दर्ता तथा सेवा शुल्क लिई आएकोमा अव उप्रान्त (२०६५ मंसिर १ गते देखि) आम नागरिकलाई दर्ता शुल्क लाग्ने छैन् र सूचिकृत औषधी एवं उपलब्ध सेवाहरु समेत निःशुल्क उपलब्ध हुनेछ ।

२.२.३ निःशुल्क रुपमा उपलब्ध हुने स्वास्थ्य सेवा ः
प्राथमिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने सूचिकृत औषधीहरु र सेवाहरु आम नागरिकलाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । हाल आमनागरिकलाई देहायमा उल्लेखित ३५ प्रकारका अत्याश्यक औषधीहरु निःशुल्क उपलब्ध हुनेछ ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनसक्ने भनी तोकिएका स्वास्थ्य सेवाहरुको अतिरिक्त स्थानीय स्वास्थ्य व्यवस्थापन समितीको सक्रियतामा थप स्वास्थ्य सेवाहरु पनि प्रदान गर्ने व्यवस्था भएमा शुल्क तोक्ने तथा लक्षित वर्गलाई ती सेवाहरु निःशुल्क दिने सम्बन्धमा प्राथमिकता दिंदै समितीको निर्णय अनुसार हुनेछ । तर यसरी थप सेवाका कार्यक्रमहरु सञ्चालन गर्नको लागि प्रा.स्वा.के.ले जि.(ज.) स्वा.का.को पूर्वस्वीकृति लिनुपर्नेछ ।

(क) आकस्मिक तथा बहिरङ्गग सेवा ः
􀀩 रोग निदान मूलक सेवा (Investigation) M
Blood for TC, DC, Hb, Blood Sugar, ESR
Stool for RE/ME
Urine for R/ME)
Aldehyde Test, MP, CT, Gram's Stain, AFB Stain, Blood Sugar, Blood Urea, Semen Analysis
Stool RE/ME
􀀩 उपचार मूलक सेवा ः
– सूचिकृत अत्यावश्यक औषधीहरु सवै
– Dressing, Suture and Plaster  को लागि आवश्यक पर्ने औषधी÷सामाग्री
– प्रसूति गराउने सम्बन्धी सेवा
– सामान्य उपचार तथा शल्य चिकित्सा सेवा औलो, कालाजार, क्षयरोग, कुष्ठरोग जस्ता जनस्वास्थ्य सेवाहरुमा आम नागरिकलाई प्रयोगशाला परीक्षण निःशुल्क रुपमा गरिँदै आएकोलाई निरन्तरता दिईएको 
छ । यसको अतिरिक्त कालाजार, औलोको जटिल अवस्थाको निदान र उपचार सेवालाई पनि निःशुल्क रुपमा दिइनेछ ।

No comments: