Saturday, September 18, 2010

राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम -. सामान्य जानकारी

१.१ राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले निम्न उद्देश्यहरु लिएको छ ः
आम नेपाली नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्ने ।
गरीव, असहाय लगायत लक्षित वर्गका नागरिकका स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्दै स्वास्थ्य सेवामा उनीहरुको पहुँच तथा उपभोग वृद्धि गर्ने ।
आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराई रोग लाग्नेदर र मृत्यू हुनेदर कम गर्ने ।
नागरिकहरुको स्वस्थ जीवन यापनको लागि स्वास्थ्य सेवामा राज्यको दायित्व वोध सुनिश्चित गर्ने ।
अत्यावश्यक स्वास्थ्य सेवा गुणस्तरीय एवं प्रभावकारी रुपमा उपलव्ध गराउने ।
जनस्वास्थ्यका विभिन्न कार्यक्रम र क्रियाकलापहरु संचालन गर्न उपयुक्त अवसर प्रदान गर्ने ।

१.२ लक्षित वर्ग
राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमको लागि लक्षित वर्ग भन्नाले अति गरिब, असहाय, गरीव, अपाङ्ग,
ज्येष्ठ नागरिक (६० वर्ष माथिका), र महिला स्वास्थ्य स्वयं सेवकलाई बुझाउनेछ । लक्षित वर्गको वारेमा
अभिलेख तथा प्रतिवेदन गर्न सहज होस् भन्ने उद्देश्यले हरेक समूहको निम्नानुसार छुट्ट–छुट्टै संकेत नम्बर
कायम गरिएको छ ः
अति गरिब÷असहाय ः १
गरीव ः २
अपाङ्ग ः ३
ज्येष्ठ नागरिक (६० वर्ष माथिका) ः ४
महिला स्वास्थ्य स्वयं सेवक ः ५

१.३ निःशुल्क सेवा
पच्चीस शैयासम्मका अस्पतालमा आम नागरिकलाई सूचिकृत अत्यावश्यक औषधी मात्र निःशुल्क रुपमा उपलब्ध हुनेछ । तर लक्षित वर्गलाई भने अत्यावश्यक औषधी लगायत उपलब्ध स्वास्थ्य सेवाहरु सबै निःशुल्क उपलब्ध हुनेछ ।
प्रा.स्वा.के., स्वा.चौ.र उ.स्वा.चौ.मा सूचिकृत औषधी, दर्ता शुल्क र उपलब्ध स्वास्थ्य सेवाहरु आम नागरिकलाई निःशुल्क उपलब्ध हुनेछ ।
निजी तथा गैर सरकारी संस्थाहरुबाट समेत लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउनु पर्ने नीति कार्यान्वयन गर्नु पर्नेछ ।
संस्थागत क्लिनिकहरुबाट प्रदान हुने सबै सेवा तथा औषधीहरु र दर्ता शुल्क समेत निःशुल्क उपलब्ध
हुनेछ ।

No comments: