Saturday, September 18, 2010

प्रेषण सेवा ः जनस्वास्थ्य सम्बन्धी सेवाहरु ः

प्रेषण सेवा ः

उपलब्ध साधन स्रोतले नसक्ने वा रोगको प्रकृति अनुसार त्यस अस्पतालमा उपचार हुन नसक्ने अवस्था भएमा त्यस प्रकारका विरामीलाई अन्य माथिल्लो स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्छ । त्यस्तै प्रा.स्वा.के., स्वा.चौं., उ.स्वा.चौंबाट प्रेषण गरी आएका विरामीलाई प्राथमिकता दिई सेवा दिनुपर्छ र सो को पृष्ठपोषण गर्नुपर्छ । यसको अतिरिक्त प्रेषण गरी आवश्यक उपचार गरेर फर्की आएका विरामीलाई समेत उपचार अनुगमन गर्ने कार्य समेत प्रेषण सेवा भित्र नै पर्दछ ।
जनस्वास्थ्य सम्बन्धी सेवाहरु ः
उपचारात्मक स्वास्थ्य सेवाहरुको अतिरिक्त जनस्वास्थ्य सम्बन्धी निम्न लिखित कार्यक्रमहरु मार्फत प्रदान गरिने स्वास्थ्य सेवाहरु समेत आम नागरिकलाई निःशुल्क रुपमा नै उपलब्ध हुनेछ ।
 परिवार नियोजन सम्बन्धी सेवा कार्यक्रम
 राष्ट्रिय खोप कार्यक्रम
 बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम
 पोषण सेवा कार्यक्रम ड्ड सुरक्षित मातृत्व सेवा कार्यक्रम
 राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम ड्ड कुष्ठरोग निवारण कार्यक्रम
 महामारीको रोकथाम, नियन्त्रण र व्यवस्थापन
 औलो रोग नियन्त्रण कार्यक्रम
 कालाजार रोग निवारण कार्यक्रम
 हात्तिपाईले रोग निवारण कार्यक्रम
 एच.आई.भी.÷एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम
 घुम्ति स्वास्थ्य सेवा कार्यक्रम
 गांउघर क्लिनिक कार्यक्रम
 महिला स्वास्थ्य स्वयं सेवक कार्यक्रम
 सामुदायिक औषधी कार्यक्रम
 सामुदायिक स्वास्थ्य विमा कार्यक्रम
 ज्येष्ठ नागरिक सेवा कार्यक्रम
 सामाजिक समावेसीकरण सेवा तथा प्रेषण सेवा कार्यक्रम
 स्वास्थ्य शिक्षा प्रवद्र्धन कार्यक्रम
एकिकृत स्वास्थ्य सूचना प्रणाली कार्यक्रम
आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यक्रम खोप सेवा, परिवार नियोजन सेवा, पोषण सेवा, गर्भवति र सुत्केरी सेवा जस्ता मातृ शिशु स्वास्थ्यसँग प्रत्यक्ष रुपले सरोकार राख्ने सेवाहरु नियमित रुपमा उपलब्ध गराउँदै आएका संस्थागत क्लिनिकहरुबाट प्रदान हुने सबै सेवा तथा औषधीहरु र दर्ता शुल्क समेत निःशुल्क उपलब्ध हुनेछ ।

No comments: