Tuesday, September 21, 2010

कोषको व्यवस्थापन, खर्चको हिसाब–किताब र खर्चको फाँटवारी ः

 दर्ता शुल्क वा सेवा वापत अनुदानको रुपमा जम्मा हुन आएको आम्दानी रकमलाई व्यवस्थित गर्न प्रा.स्वा.के. व्यवस्थापन समितिले एउटा विशेष कोष सञ्चालन गर्नुपर्नेछ । यसको लागि छुट्टै बैक खाता खोल्ने वा सो सम्भव नभएमा सोही खातामा जम्मा गर्न सकिने छ साथै आम्दानी खर्चको हिसाब छुट्टै राख्नुपर्छ ।
कोषको लेखा राख्ने र लेखा परिक्षण गर्ने कार्य प्रा.स्वा.के. व्यवस्थापन समितिको नियमानुसार गर्नु पर्नेछ ।
यस कोषमा प्राप्त भएको रकमको आम्दानी खर्चको हिसाब–किताब प्रा.स्व.के.ले त्रैमासिक रुपमा जि.(ज.)स्वा.का.मा पठाउनु पर्नेछ ।
जि.(ज.)स्वा.का.ले पनि सो आम्दानी खर्चको हिसाब किताब मासिक र द्वैमासिक रुपमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय र विभागमा पठाउनु पर्नेछ ।

No comments: