Saturday, September 18, 2010

कोषको व्यवस्थापन, खर्चको हिसाब–किताब र खर्चको फाँटवारी



  1. दर्ता शुल्क वा सेवा वापत अनुदानको रुपमा जम्मा हुन आएको आम्दानी रकमलाई व्यवस्थित गर्न अस्पताल विकास समिति वा सहयोग समितिले एउटा विशेष कोष सञ्चालन गर्नुपर्नेछ । यसको लागि छुट्टै बैक खाता खोल्ने र आम्दानी खर्चको हिसाब पनि छुट्टै राख्नुपर्छ ।
  2. कोषको लेखा राख्ने र लेखा परिक्षण गर्ने कार्य अस्पताल विकास वा सहयोग समितिको नियमानुसार गर्नु पर्नेछ ।
  3. यस कोषमा प्राप्त भएको रकमको आम्दानी खर्चको हिसाब–किताब अस्पतालले मासिक रुपमा नै जि.(ज.)स्वा.का.मा पठाउनु पर्नेछ ।
  4. जि.(ज.)स्वा.का.ले पनि सो आम्दानी खर्चको हिसाब किताब मासिक र द्वैमासिक रुपमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय र विभागमा पठाउनु पर्नेछ ।


No comments: