नेपाल सरकार, स्वास्थ्य तथा जनसँख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य चौकीलाई बुझाउनेछ ।
दर्ता शुल्क ः
स्वास्थ्य चौकीमा आम नागरिकलाई दर्ता शुल्क तथा सेवा शुल्क लाग्ने छैन् ।
निःशुल्क रुपमा उपलब्ध हुने स्वास्थ्य सेवा ः
स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवाहरु र सूचिकृत औषधीहरु आम नागरिकलाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । स्वास्थ्य चौकी उपलब्ध हुनसक्ने भनी तोकिएका स्वास्थ्य सेवाहरुको अतिरिक्त स्थानीय स्वास्थ्य व्यवस्थापन समितीको सक्रियतामा थप स्वास्थ्य सेवाहरु पनि प्रदान गर्ने व्यवस्था भएमा लक्षित वर्गलाई ती सेवाहरु निःशुल्क दिने सम्बन्धमा प्राथमिकता दिई समितीको निर्णय अनुसार हुनेछ । तर यसरी थप सेवाका कार्यक्रमहरु सञ्चालन गर्नको लागि स्वा.चौ.ले जि.(ज.) स्वा.का.को पूर्वस्वीकृति लिनुपर्नेछ ।
(क) उपचारात्मक स्वास्थ्य सेवा ः
सूचिकृत ३२ प्रकारका अत्यावश्यक औषधीहरु
प्रसूति सेवाको सुविधा उपलब्ध भएका स्वास्थ्य चौकीहरुमा थप ३ प्रकारका अत्यावश्यक औषधीहरु (Injection Oxytocin, Injection Gentamycin and Injetion Magnesium Sulphate)
Dressing, Suture को लागि आवश्यक पर्ने औषधी÷सामाग्री
प्रसूति गराउने सम्बन्धी सेवा
सामान्य उपचार सेवा
No comments:
Post a Comment