Tuesday, September 21, 2010

औषधी, औजार–उपकरणको खरीद तथा आपूर्ति व्यवस्था ः

जिल्ला (जन) स्वास्थ्य कार्यालयमा औषधी एवं औजार उपकरणको लागि बजेट ब्यवस्था गरि आएको छ भने आकस्मिक सेवा सञ्चालनमा औषधी उपकरण र सेवाको लागि समेत रकम उपलब्ध गराईएको छ । सो बजेटबाट अत्यावश्यकीय औषधी खरिद तथा आपूर्तिगरी सूचिकृत औषधीहरु आम नागरिकलाई निरन्तर रुपले निःशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाउनु पर्नेछ । साथै अति आवश्यक (जिल्लाको खरिदले नभ्याउने) उपकरण र स्वास्थ्य सेवाको लागि समेत कार्यदलको सिफारिस र समितिको निर्णयानुसार खर्च गर्न सकिनेछ । यसरी औषधी वितरण गर्दा अपुग हुन गएमा प्रा.स्वा.के.ले जि.(ज.)स्वा.का.मा समयमा नै नियमानुसार थप औषधी वा बजेट माग गर्नुपर्ने छ । यदि आफ्नै श्रोतबाट औषधी खरिद गर्ने भएमा आर्थिक ऐन नियमको परिधिभित्र रहरे सूचिकृत औषधीहरु मात्र खरिद गर्नु पर्छ । औषधिको योजना तर्जुमा गर्ने, माग गर्ने, आपूर्तिको व्यवस्थाको लागि सिफारिस गर्ने जस्ता कामको लागि प्रा.स्वा.के. स्तरमा गठित निःशुल्क स्वास्थ्य सेवा योजना तथा सिफारिस कार्यदल जवाफदेही हुनेछ र यसको मूख्य जिम्मेवारी प्रा.स्वा.के. प्रमुखले लिनुपर्नेछ । औषधी आपूर्ति नभएर सेवा प्रदानमा बाधा पुगेमा प्रा.स्वा.के. जवाफदेही हुनुपर्नेछ । तर प्रा.स्वा.के.बाट समयमा नै औषधीको माग गरेको र ताकेता गर्दा पनि जि.(ज.)स्वा.के.बाट कारवाही नभएको अवस्थामा जिल्ला नै जिम्मेवार हुनेछ । निःशुल्क रुपमा वितरण गरिने अत्यावश्यकीय औषधीहरुको आम्दानी र खर्चको अभिलेख राख्न देहायका फारमहरु प्रयोग गर्न उपयुक्त मानिएको छ । औषधी खरिद तथा आपूर्तिको लागि प्राप्त रकमको आम्दानी र खर्चको विरण राख्ने फारम दिइएको छ । यी फारमहरुको प्रयोगबाट औषधीको मौज्द्यात र खर्चको स्थिति थाहा पाउन सकिन्छ र रकमको विरणले गर्दा औषधीहरु कमी हुनासाथ पुन ः आपूर्ति गर्ने तर्फ आवश्यक कारवाही गर्न पनि सजिलो हुन्छ ।

No comments: